Shadow

N1 Kanji Vocabulary

के ओलीको कदममा भारतको साथ छ ?

के ओलीको कदममा भारतको साथ छ ?

N1 Kanji Vocabulary
सद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा भारतको साथ र समर्थन होला ? राजनीतिज्ञ र कूटनीतिक विश्लेषकहरुसँग यसको यकिन जवाफ छैन । तर, संसद भंग हुनुअघिका केही हप्तामा भएका भ्रमण र गतिविधिले आशंका चाहिँ बढाएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । पछिल्ला दुई महिनामा भारतबाट एकपछि अर्काे उच्चस्तरीय भ्रमणहरु भए । तीमध्ये केही भ्रमण स्वाभाविक थिए भने केही अस्वाभाविक । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेका भ्रमणहरु औपचारिक एवं उद्देश्य प्रेरित भ्रमण थिए । तर, भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमण भने आकस्मिक र अपारदर्शी प्रकृतिका रहे । ती भ्रमणका खास उद्देश्यहरु आजसम्म खुलेका छैनन् । उनीहरु के उद्देश्यका लागि काठमाडौं आएका थिए भन्ने प्रष्ट हुन सकेको छै...